Logo

नारामै सिमित मन्त्री भट्टराईको भ्रमण बर्ष योजना, कहाँ हरायो २० हजार व्यवसायीसँगको सपथ र ‘वाउ नेपाल एयरलाईन्स’

नारामै सिमित मन्त्री भट्टराईको भ्रमण बर्ष योजना, कहाँ हरायो २० हजार व्यवसायीसँगको सपथ र ‘वाउ नेपाल एयरलाईन्स’



काठमाडौं । भ्रमण बर्ष सुरु हुन अब ४ दिन मात्रै बाँकी रहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई भेटघाट र छलफलमा ब्यस्त रहेका छन । तर पर्यटन बर्षको पूर्वसन्ध्यामा आईपुग्दा उनले विगतमा गरेका बाचाहरु कार्यान्यनमा नआउने भएको छ । भट्टराई मन्त्री भएर आएसँगै उनले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक ल्याउन ‘वाउ नेपाल एयरलाइन्स’ बनाउनेलगायतका बिभिन्न कार्यक्रमहरु गर्ने योजना सार्वजनिक गरेका थिए । तर आफैंले उद्घोष गरेका कार्यक्रमहरु एक पछि अर्को गर्दै विर्सदै गएका छन ।

laxmi

जस मध्ये मन्त्री भट्टराईले यही साउन २४ गते होटल म्यारियटमा पर्यटन ब्यवसायीहरुसँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन २० हजार पर्यटन ब्यवसायीहरुसँग सामुहिक सपथ ग्रहण गर्ने बताएका थिए । तर हालसम्म उक्त विषयमा कुनै कुरा नभएको ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान) लगायतले जानकारी दिएका छन ।

त्यस्तै वाउ नेपाल एयरलाइन्स पनि नारामै सिमित रहेको छ । मन्त्री भट्टराई आएलगतै नेपाल वायुसेवा निगमलाई वाउ नेपाल एयरलाइन्स बनाउने बताएका थिए । तर हालसम्म निगमले गरेका उडानहरु न त समयमा भएका छन नत उडान गन्तब्यनै विस्तार गर्न सकेका छन ।

टान र एनएमएका अध्यक्षहरुले भने मन्त्रीज्युले उक्त कुरा विर्षनु भएको होला भन्दै अहिलेसम्म सामुहिक सपथग्रहणका लागि कुनै कुरा नभएको बताए । उनीहरुले सपथ ग्रहण गर्न कुनै चुनाव जितेको नभएकाले त्यस्तो गर्नु पर्ने कुनै आधार नभएको समेत जानकारी दिएका छन । तर भ्रमण बर्षको उद्घाटन समारोहको लागि भने तिब्र रुपमा तयारी भएको उनीहरुले बताए ।

त्यस्तै भ्रमण बर्षकै लागि विदेशी पर्यटकहरुलाई बिभिन्न हिमाल आरोहणका लागि निःशुल्क गर्ने भनिए पनि हाल सम्म मन्त्रालयले कुनै जानकारी समेत नदिएको एनएमएका अध्यक्ष सन्तबिर लामाले जानकारी दिएका छन । उनका अनुसार मन्त्रालयले कुन कुन हिमालमा पर्यटक लैजान सकिन्छ भनेर सुझाव मागेको र एनएमएले करिब २५ ओटा हिमालको नाम दिए पनि अहिले सम्म कुनै टुङ्गो नलागेको लामाको भनाई रहेको छ ।

यस्तै अवस्था भयो भने २० लाख पर्यटक नआउने पर्यटन ब्यवसायीहरुको भनाई रहेको छ । अध्यक्ष लामाले भने, ‘चिनियाँ र भारतीय पर्यटक ल्याएर काम छैन, तिनिहरुले नेपाल आएर खर्च गर्दैनन, सकिन्छ भने सरकारले खर्च गर्ने पर्यटक भित्र्याउने वातावरण बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL