Logo

हिमपातका कारण हुम्लामा हवाई सेवा अवरुद्ध, हिँउ फालेर भए पनि विमानस्थल खुलाउने तयारी

हिमपातका कारण हुम्लामा हवाई सेवा अवरुद्ध, हिँउ फालेर भए पनि विमानस्थल खुलाउने तयारी



काठमाडौं । चिसो बढेसँगै परेको हिमपातका कारण हुम्ला विमानस्थलबाट हुने उडान स्थगित गरिएको छ ।

laxmi

पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहानै देखि परेको हिमपातले गर्दा उडान स्थगित गर्नु परेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिएका छन । ठाकुरले भने, ‘एक दुई घण्टा सम्म पनि हिमपात नरोकिए हिँउ फाल्ने मेशिन प्रयोग गरेर भए पनि हवाई यातायात सुचारु गर्ने छौं ।’

उनका अनुसार हुम्ला विमानस्थलबाट हुने अन्तरजिल्ला पुग्ने हवाई उडान सेवा बिहान ६ बजेदेखि प्रभावित भएको हो । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द हुँदा नेपालगञ्जबाट हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ ।

अहिले हुम्लाको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । हिमपातका कारण एक गाउँबाट अर्काे गाउँसम्मको आवतजावत समेत रोकिएको छ भने सदरमुकाममा चहलपहल समेत न्यून रहेको ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL