Logo

भ्रमण बर्ष लक्षित नयाँ जहाज थप्दै बुद्ध एयर, जनवरी १५ मा एटीआर ७२ आईपुग्ने

भ्रमण बर्ष लक्षित नयाँ जहाज थप्दै बुद्ध एयर, जनवरी १५ मा एटीआर ७२ आईपुग्ने



काठमाडौं । बुद्ध एयरले भ्रमण बर्ष लक्षित गरेर नयाँ जहाज ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ जहाज एटीआर ७२ हुने कम्पनीका प्रवक्ता तथा चिफ मार्केटिङ म्यानेजर रुपेश जोशीले जानकारी दिएका छन ।

जोशीका अनुसार उक्त नयाँ जहाज २०२० को जनवरी १५ सम्ममा नेपाल आईपुग्ने छ । कम्पनीने भारतबाट ल्याउन लागेको उक्त जहाजको मूल्य भने अझै एकिन नभईसकेको जनाएको छ ।

जहाज उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ । उक्त जहाज थपसँगै कम्पनीको जहाज संख्या १४ पुग्नेछ ।

नयाँ आउने जहाज एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनि प्रदूषणको हिसाबले एटीआर जहाज निकै राम्रो मानिन्छ । उक्त नयाँ जहाजले आन्तरिक पुरानै गन्तब्यमा उडान भर्ने जोशीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL