Logo

मुस्ताङमा ‘एक्स्ट्रिम ई’ को चौथो संस्करण आयोजना हुँदै, रोकिएला वातावरणीय प्रदुषण ?

मुस्ताङमा ‘एक्स्ट्रिम ई’ को चौथो संस्करण आयोजना हुँदै, रोकिएला वातावरणीय प्रदुषण ?



काठमाडौं । वातावरणमा नकारात्मक प्रभाव रोक्ने उद्देश्यका साथ ‘एक्स्ट्रिम ई’ को चौथो संस्करणको प्रतिश्पर्धा मुस्ताङमा गर्न लागिएको छ । बिहीबार एक्स्ट्रिम ई का संचालक अलेजान्द्रो अगागले नेपालको मुस्ताङमा उक्त संस्करणको आयोजना हुने घोषणा गरेका हुन ।

बर्षेनी मानवद्वारा हुने वातावरणीय विनास रोक्ने अभियान सहित उक्त एक्स्ट्रिम रेस आयोजना गरिँदै आएको छ । उक्त रेसमा विभिन्न स्थानमा वातावरणलाई प्रभाव नपर्ने गरी विद्युतीय एसयुभी द्वारा अफरोड प्रतिश्पर्धा गराईन्छ । हालसम्म एक्स्ट्रिम ई ले विभिन्न ३ स्थानमा उक्त रेसको आयोजना गरिसकेको छ ।

नेपालमा भने पहिलोपल्ट विश्वकै अग्लो स्थानबाट उक्त प्रतिश्पर्धा गर्न पाएकोमा खुसी लागेको संचालक अगागले जानकारी दिए । उनका अनुसार नेपालमा विभिन्न प्रकारको हावापानी रहेको र यसलाई नष्ट गर्नतीर मानव जाती नै लागेका कारण नेपालमा यसको आयोजना गर्न लागिएको हो ।

उनले उक्त दौड प्रतियोगितामार्फत नेपालमा वातावरण प्रभावबाट हुने असरको बारेमा जानकारी दिन सकिने जानकारी दिएका छन । उक्त प्रतिश्पर्धा कालिगण्डकी उपत्यकामा गरिनेछ । जुन जोमसोमबाट २५ किलोमिटर दक्षिणमा पर्दछ । उक्त प्रतिश्पर्धामा चट्टानयुक्त बाटो, रफवे लगायतका समस्याहरु पार गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL