Logo

पर्यटकको परिभाषामा मन्त्री र व्यवसायीबीच विवाद, मन्त्री भन्छ्न, एक दिन आएर फर्कने विदेशीलाई पर्यटक भन्न मिल्दैन

पर्यटकको परिभाषामा मन्त्री र व्यवसायीबीच विवाद, मन्त्री भन्छ्न, एक दिन आएर फर्कने विदेशीलाई पर्यटक भन्न मिल्दैन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले एक दिन पनि नबस्ने विदेशीलाई पर्यटक नमान्ने बताएका छन ।

laxmi

यस अघि भने नेपाल प्रवेश गर्ने जुन सुकै विदेशीलाई पनि पर्यटकको रुपमा लिने गरेको भए पनि अब भने त्यस्ता विदेशीलाई पर्यटक मान्न नसकिने स्पष्ट पारेका हुन ।

तर पर्यटन ब्यवसायीहरु भने जुनसुकै विदेशी पर्यटक नेपाल आएर उसले केही घण्टामात्रै विताए पनि पर्यटक मान्नु पर्ने बताउँछन । ब्यवसायीहरुका अनुसार लुम्बिनीमा आउने विदेशीलाई अब हामीले पर्यटक नमान्ने ? किन की उनीहरु भारतबाट नेपाल आएर लुम्बिनीको दर्शन गरेर फेरी उतै फर्कन्छन ।

‘मन्त्रीको भनाई मान्ने हो भने भ्रमण बर्ष २०५० तिर मनाए हुन्छ,’ एक पर्यटन व्यवसायीले भने । त्यस्तै होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले भने २ घण्टा नेपालमा समय विताउँ छ भने पनि पर्यटक मान्नु पर्ने बताएका छन ।

उनका अनुसार आँकडा लिएर मात्रै हुँदैन । भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक पुर्याउने जुन लक्ष्य छ त्यसलाई भेटाउन नसके पनि कुनै पनि विदेशीले नेपालमा आएर आर्थिक कारोबार गर्छ भने त्यसलाई पर्यटकको रुपमा लिनु पर्ने शाहको भनाई रहेको छ ।

उनले भने, ‘विश्व परिवेशमा हेर्ने हो भने पनि जुन देशका नागरिक अर्को देशमा गई आर्थिक कारेबार गर्छ त्यस्लाई पर्यटक मान्ने चलन छ ।, तर मन्त्री भट्टराईले भने बमोजिम मान्ने हो भने १० लाख पर्यटक पनि पुर्याउन सकिँदैन ।’

२०११ मा १० लाख पर्यटक ल्याउने हाम्रो लक्ष्य २०१८ मा आएर पुरा भएको भन्दै उनले २०२० मा २० लाख पर्यटक ल्याउन नसकिने बताए । शाहले भने २०२० मा २० लाख पर्यटक नभई १५ लाख पर्यटक मात्रै आउने दाबी गरेका छन ।

पछिल्लो समयमा भ्रमण बर्ष सचिवालयले कुनै काम नगरेको भन्दै शाहले १५ लाख भन्दा बढी पर्यटक नआउने दाबी गरेका हुन । अहिलेको अबस्थामा नै होटलको ब्यवस्था भने २० लाख बढी पर्यटकलाई खान बस्न मनोरञ्जन दिन सकिने छ । तर भ्रमण बर्ष सचिवालयले अहिलेसम्म के काम गरे खै ?

तर सचिवालयले भने आफुहरुले भ्रमण बर्ष गतिविधिहरुलाई तिब्र बनाएको बताउँदै आएको छ । तर सचिवालयले सन्तोषजनक काम नगरेको अर्का ब्यवसायी सुजिता लामाको आरोप छ । उनले भनिन, ‘भन्छन काम गरेको छु तर अहिले सम्म कहाँ के गर्यो कुनै डाटा समेत दिन सकिँदैन भने त्यस्ताले के काम गर्यो होला र खै ।’

प्रतिक्रिया दिनुहोस्
MBL