Logo

पोखरामा पर्यटन प्रवद्र्धन गर्न विशेष प्याकेज, ५० प्रतिशतसम्म छुट

पोखरामा पर्यटन प्रवद्र्धन गर्न विशेष प्याकेज, ५० प्रतिशतसम्म छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ जेठ, काठमाडौं । पोखराका पर्यटन व्यवसायीले भुकम्पले पर्यटन क्षेत्रमा असर पुर्याको भन्दै भन्दै विशेष छुट सहितको नयाँ योजना सार्वजनिक गरेका छन् । भुकम्पले गर्दा पर्यटकहरु नआएको भन्दै उनीहरुले विभिन्न क्षेत्रमा ५० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेका छन् ।

पोखरा पर्यटन पुनर्जागरण समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै होटल, बन्जीजम्प र जीप फ्लायरमा ५० प्रतिशतसम्म छुट दिने बताएका छन् ।

पत्रकार सम्मेलनमा समितिका संयोजक गणेशवहादूर भट्टराइले ट्रेकिङ भने ३० प्रतिशत छुट दिने बताएका छन् । त्यसैगरी, रेष्टुराँ तथा ट्राभल वसमा २० प्रतिशत छुट दिइने भएको छ भने प्याराग्लाइडिङ र अल्ट्रालाइटमा १५ प्रतिशत छुट दिइएको छ ।
सो योजना आगामी सेप्टेम्वरसम्म लागु हुने समेत भट्टराइले जानकारी दिए ।

भुकम्पले पोखराको पर्यटकीय क्षेत्रमा खासै असर नपुर्याएपछि त्रासले गर्दा पर्यटकहरु जान सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL