Logo

उच्च पर्यटक शुल्कको मारमा डोल्पाबासी, शुल्क घटाउन सरकारसँग माग

उच्च पर्यटक शुल्कको मारमा डोल्पाबासी, शुल्क घटाउन सरकारसँग माग



काठमाडौं । डोल्पाका स्थानीयबासीले उपल्लो डोल्पामा जाने पर्यटकहरुसँग लिने गरेको दस्तुर घटाउन सरकारसँग माग गरेका छन ।

laxmi

सो क्षेत्रमा जाने पर्यटकले १० दिनको ५ सय डलर बुझाउँदै आएकोमा दस्तुर बढी भएकाले पर्यटकहरु कम आउने भन्दै पर्यटक दस्तुर घटाउन माग गरेको हो । वडा अध्यक्ष समेत रहेका ग्याल्पो थापा भोटेले भने, ‘उपल्लो डोल्पोमा पुग्ने पर्यटकले १० दिनको ५ सय डलर बुझाउनु पर्छ जसले गर्दा उक्त क्षेत्रमा कम पर्यटक जाने गर्छन ।’

हालसम्म हवाई यातायातलगायत पुल बाटोको पूर्वधार नभएको अवस्थामा समेत विदेशी पर्यटकहरु जाने भएकाले सो क्षेत्रमा जाने पर्यटकहरुलाई लिने गरेको शुल्कमा समेत केन्द्रिय सरकारले नीतिगत कुराहरुमा संशोधन गर्नु पर्ने डोल्पा बासीको माग रहेको छ ।

‘भदौ अन्तिम साता हुने डोल्पो महोत्सवमा पनि करिब ४ सय जना विदेशी पर्यटक आउँदैछन उनीहरुलाई समेत मध्य नजर गर्दै सरकारले लिने दस्तुर घटाउन सरकारसँग माग गरेका छौं,’ भोटेले भने ।

उक्त मेलामा जाने विदेशी पर्यटकलाई यस अघि लिँदै आएको रकममा समेत छुट दिन डोल्पाबासीले सरकारसँग आग्रह गरेको छ । हाल सो क्षेत्रमा जाने पर्यटकले १० दिनको ५ सय डलर तिर्दै आएका छन ।

उक्त क्षेत्रमा जाने पर्यटकले पदयात्रा दस्तुर र हवाई भाडामा मात्रै १३ सय डलर खर्चिनु परेको भन्दै डोल्पाबासीले नीतिगत संसोधन गर्न केन्द्रिय सरकारसँग माग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL