Logo

लुम्बिनी भ्रमण बर्ष २०७६ जेठबाट सुरु हुँदै, २५ लाख पर्यटक भित्र्याउने यस्तो छ तयारी

लुम्बिनी भ्रमण बर्ष २०७६ जेठबाट सुरु हुँदै, २५ लाख पर्यटक भित्र्याउने यस्तो छ तयारी



काठमाडौं । २५ लाख पर्यटक भित्र्याउने उद्देश्य सहित प्रदेश नम्बर ५ ले ‘लुम्बिनी भ्रमण बर्ष २०७६’ आयोजना गर्ने भएको छ ।

laxmi

विश्वका झण्डै डेढ अर्ब बौद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न ५ नम्बर प्रदेश सरकारले उक्त भ्रमण बर्ष गर्न लागेको प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातवरण मन्त्री लिला गिरीले जानकारी दिएका छन ।

करिब २५ लाख पर्यटक भित्र्याउने उद्देश्य सहित आयोजना गर्न लागेको सो भ्रमण बर्ष यही जेठ ४ गते देखी सुरु हुने भएको छ । उक्त भ्रमण बर्षमा मायादेबी प्रसुती उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर, मासिक फूल मुन डे, धार्मिक यात्रा र त्रिपिटक वाचन, स्थानीय उत्पादनहरुको बिक्री कक्ष (कोसेली घर) विशेष रहने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै भ्रमण बर्षबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा लुम्बिनीको थप प्रचार भई सो क्षेत्रको विकास हुने प्रदेश सरकारको अपेक्षा रहेको छ । साथै सो क्षेत्रमा आउने पर्यटकको बसाई अवधि लम्बिनुका साथै होटल ट्राभल लगायतका पर्यटन ब्यवसायीको प्रवद्र्धन हुने प्रदेश सरकारको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL