Logo

हिमालय एयरलाईन्सको अबुधाबीमा नयाँ सञ्जाल विस्तार, हप्ताको ३ उडान भर्ने

हिमालय एयरलाईन्सको अबुधाबीमा नयाँ सञ्जाल विस्तार, हप्ताको ३ उडान भर्ने



काठमाडौं । नेपालको निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाईन्सले अब यूएईको आवुधावीमा हप्तामा ३ उडान भर्ने भएको छ । कप्पनीले उक्त उडान भर्नका लागि हिमालय एयरलाईन्सको एचनाइन ५६७ विमानको उद्घाटन गरेको हो ।

laxmi

काठमाडौंको त्रिभुवन विमानस्थलबाट १ सय ४८ यात्रु सहित २१ः३० मा अबुधाबी उडेको एयरलाईन्सको एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको छ ।

फीर्ति उडान अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० यात्रु सहित एचनाइन ५ सय ६८ विमान अप्रिल १, २०१९ मा स्थानीय समय ०२ः३१ मा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय ०८ः४१ बजे अतवरण गरेको छ ।

युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्स्ले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ । प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानद्घारा प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्स्ले आफ्नो नयाँ उडान भर्नेछ ।

बिदा, व्यावसायिक यात्रा तथा छोटो बसाइ लाई मध्य नजर गर्दै उडानको तालिका तयार गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL