Logo

क्यासिनो रोयल्टी तिर्न सरकारको पुन निर्देशन, १ महिनाको समयसीमा

क्यासिनो रोयल्टी तिर्न सरकारको पुन निर्देशन, १ महिनाको समयसीमा


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

९ बैशाख, काठमाडौं । सरकारले क्यासिनोको बक्यौता रोयल्टी बुझाउनका लागि क्यासिनो संचालकहरुलाई पुनः सुचना प्रकाशित गरेको छ । लामो समयदेखि क्यासिनोको बक्यौता रकम रहेको भन्दै पर्यटन विभागले आज सुचना प्रकाशित गरेको छ ।

पछिल्लो समय क्यासिनो संचालकहरुले क्यासिनो नयाँ नियमावली २०७१ अनुसार क्यासिनो संचालन गर्ने तयारी गरिरहेको बेला विभागले यस्तो सुचना जारी गरेको हो । विभागले क्यासिनोलाई बाँकी बक्यौता रकम तिर्न पटक–पटक सुचना प्रकाशित गर्दै आएको छ ।

विभागले ३० दिनको म्याद दिएर आर्थिक वर्ष २०७०/७१ सम्मको बक्यौता रोयल्टी र त्यसमा लाग्ने थप शुल्क बुझाउन सुचना जारी गरेको छ । साथै, उक्त समयसम्म सो रकम नबुझाएमा सरकारी बाँकी सरह असुल उपर गर्ने समेत विभागले जनाएको छ ।

विभागले विभिन्न ११ वटा क्यासिनोलाई बक्यौता रकम तिर्न सुचना प्रकाशित गरेको छ । ति क्यासिनोबाट हालसक्क ५० करोड रुपैयाँभन्दा बढी रोयल्टी उठ्न बाँकी रहेको छ । जसमा सवैभन्दा बढी बक्यौता क्यासिनो नेपाल र क्योसिनो अन्नाको रहेको विभागले जानकारी दिएको छ । यस्तै, क्यासिनो फुलबारी र क्यासिनो रोयलको पनि बक्यौता रकम बढी रहेको छ ।

सरकारले २०७० मा ल्याएको क्यासिनो नियमावली अनुसार हाल क्यासिनो माजोङ तथा क्यासिनो साङ्ग्रीला, क्यसिनो रोयल संचालनम रहेका छन् । उक्त नियमावली अनुसार क्यासिनो संचालनका लागि २५ करोड रुपैयाँ चुक्त पूँजी चाहिन्छ ।

बक्यौता रोयल्टी तिर्न बाँकी क्यासिनोहरु ः

casino-list

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL