Logo

भरतपुर विमानस्थलमा लगेज स्क्यानर जडान हुने, १२ सय मिटरको धावनमार्ग स्तरोन्नती गर्दै

भरतपुर विमानस्थलमा लगेज स्क्यानर जडान हुने, १२ सय मिटरको धावनमार्ग स्तरोन्नती गर्दै



काठमाडौं । भरतपुर विमानस्थलमा एक हप्ता भित्रै लगेज स्क्यानर जडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरण अन्तरगत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरीद गरी पठाए पछि एक हप्ता भित्रै सो उपकरण जडान गर्ने भएको हो ।

laxmi

विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुको झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले जानकारी दिएका छन । भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याएकोे हो । सो उपकरणको मूल्य भने करिब ९० लाख रुपैयाँ रहेको छ । विमानस्थलको स्तरोन्नतिको कामलाई समेत तीव्रता दिइएको छ । निर्माण पछि हाल सम्म ‘ओभर ले’ नगरिएको १ हजार २ सय मिटरको धावनमार्गलाई ‘ओभर ले’ गरिँदै छ ।

पार्किङ क्षेत्र साँघुरो भए पछि दुवैतर्फ कम्तीमा पनि २०÷२० मिटर थप गर्न लागिएको गौतमले जानकारी दिएका छन । हाल उक्त पार्किङ क्षेत्रमा साना जहाज ४ ओटा अटे पनि एटिआर र जेट स्टिम भने एक साइडमा एउटा मात्रै अटाउन सक्छन् ।

एउटा हेलिप्याड छुट्टै बनाउने र बाँकी ४ ओटा विमान सजिलैसँग अटाउने गरी पार्किङको व्यवस्थापन गर्न लागिएको हो । सबै काम यसै आर्थिक वर्षमा सुरु हुने गौतमले जानकारी दिएका छन ।

बुद्ध, यती र सिम्रिक एयरलाइन्सले भरतपुर–काठमाडौं दैनिक १० जहाज मार्फत उडान भर्दै आईरहेका छन । भरतपुर विमानस्थल आसपासका क्षेत्रमा ठूला संरचना बनेसँगै उडान र अवतरण कठिन हुँदै आएको छ ।

विमानस्थलको धावनमार्ग विस्तार गर्न पहलसमेत सुरु गरिएको छ । धावनमार्ग विस्तारसँगै ठूला जहाज अवतरण गर्न र रात्रिकालीन सेवासमेत दिन सकिने छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL