Logo

माघ १५ सम्ममा निगमको ‘एअरबस’ नेपाल आउँने,९० प्रतिशत काम पुरा भएको  एअरबसको दावी

माघ १५ सम्ममा निगमको ‘एअरबस’ नेपाल आउँने,९० प्रतिशत काम पुरा भएको  एअरबसको दावी


रामराजा श्रेष्ठ
0
Shares

नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको नँया जहाज माघ १५ सम्ममा नेपाल आउने भएको छ ।

नेपाल भ्रमणमा आएको एअरबसको टोलीले जहाजको ९० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएको छ । टोलीले बिहीबार काठमाडौंमा पत्रकारसँग भेट गरी उक्त जानकारी दिएको हो ।

दुईवटा ‘ए३२०-२००’ न्यारोबडी जहाज निगमले युरोपेली जहाजनिर्माता कम्पनी एअरबस मार्फत खरिद गर्दैछ । एअरबस मिडिया संयोजक जस्टिन डुबनका अनुसार जहान निर्माणको अधिकांश काम सकिएको छ । माघ १५ सम्ममा निगमलाइ पहिलो जहाज हस्तान्त्रण गर्ने योजना रहेको जानकारी पनि उनले  पत्रकारहरुसँग बताए ।

अन्तर्राष्ट्रिय उडानका लागी निगमले ‘ए३२०-२००’ न्यारोबडी जहाज खरिद गर्ने सम्झौता एअरबससँग गरेको थियो । एअरबसका अनुसार बेलायत फ्रान्स जर्मनी र स्पेनमा जहाजका पार्ट्स तथा बडीहरु निर्माण भैरहेका छन् ।

निगमले डेढ वर्ष अगाडी एयरबससँग दुईवटा न्यारोबडी जहाज खरिद गर्ने सम्झौता गरेको थियो । दुबै जहाजमा १ सय ५० सिट क्षमता रहने बताइएको छ ।

नेपालले एअरबसका जहाजहरु खरिद गर्न लागकोमा खुसी व्यक्त गर्दै डुमनले नेपाल सँग आगामी दिनमा काम गर्न थप उत्साह मिलेको बताए । पहिलो जहाज सन् २०१५ को  फेब्रुअरी महिनामा नेपाल पठाउने र दुई महिनापछि दोस्रो जहाज प पठाउने कम्पनीको तयारी रहेको पनि उनले जानकारी दिए ।

एयरबसका बजार प्रबन्धक शिल सुक्लाले नेपाललाई उचित मुल्यमा जहाज उपलब्ध गराएको बताउँदै सुविधा र सुरक्षामा भने कुनै सम्झौता नगरेको स्पष्ट पारे । नेपाललाई दिने जहाजमा सुविधासम्पन्न क्याविन, डिलक्स सिट, उच्च प्रविधिको प्रयोग लगायत सुबिधा रहेको शुक्लाले स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्
MBL