Logo

माघ ११ देखि नेपालगञ्जमा ‘प्रादेशिक महोत्सव’

माघ ११ देखि नेपालगञ्जमा ‘प्रादेशिक महोत्सव’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालगञ्ज उद्योग वाणिज्य संघले ‘प्रादेशिक महोत्सव २०७४’ आयोजना गर्ने भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी उक्त महोत्सव गर्ने घोषणा गरेको हो ।

प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्नमा टेवा पर्याइ प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सो महोत्सव माघ ११ देखि २२ गतेसम्म चल्नेछ ।

महोत्सवलाई व्यवस्थित बनाउन ७ सय ५१ सदस्यीय मुल आयोजक समिति तथा २२ वटा उप–समिति गठन गरिएको छ ।

साथै महोत्सवबाट उठेको रकमबाट सरकारको नाममा रहुको १० विगाह जमिनमा वहुउद्देय सभा–गृह तथा प्रदर्शनी स्थल निर्माण गरिने समेत आयोजकले जानकारी दिएको छ । महोत्सवको सह आयोजकमा साना तथा मझौला कृषक आयस्तर वृद्घि आयोजना (आरआइएसएमएफपी) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL