Logo

विस्तार हुँदैछन् आन्तरिक विमानस्थल, देशभर यी ठाउँमा पनि अब उड्नेछ जहाज

विस्तार हुँदैछन् आन्तरिक विमानस्थल, देशभर यी ठाउँमा पनि अब उड्नेछ जहाज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले देशका आधा दर्जनभन्दा बढी स्थानमा विमानस्थल निर्माणको प्रक्रियालाई गति दिएको छ । हवाई सम्पर्कमा नरहेका त्यस्ता स्थानमा यसै आर्थिक बर्षदेखि हवाइ सेवा सुरु गर्ने लक्ष्यसहित प्राधिकरणले काम अघि बढाएको जनाएको छ ।

प्राधिकरणले अहिले कालिकोट, ओखलढुङ्गाको खिजि चण्डेश्वरी, गुल्मीको सिमिचौर, इलामको सुकिलुम्बा, अछामको कमलबजार, अर्घाखाँची र लमजुङमा विमानस्थल निर्माण गरिरहेको छ । यसमध्य कालिकोट विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भइ गत बर्षनै परिक्षण उडान सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले यी बाहेक हाल सञ्चालनमा रहेका विमानस्थलको कालोपत्रे र स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । प्राधिकरणका अनुसार विराटनगर विमानस्थलमा एमआई सेभेण्टिन सम्मको जहाजको भारवहन क्षमता हुने गरी हेलिकप्टर पार्किङ एप्रोन निर्माण सम्पन्न भइसकेको छ ।

त्यस्तै भोजपुर, खानीडाडाको मनमाया राई, ताप्लेजुङ, रुकुम चौरजहारी, डोल्पा र रारा विमानस्थलको कालोपत्रे सम्पन्न भएको पनि प्राधिकरणले जानकारी दिएको छ । यसबाहेक लामिडाडा, थामखर्क, राजविराज, डोटी, बैतडी र साँफेबगर विमानस्थलमा पनि कालोपत्रे काम जारी रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL