Logo

खानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा

खानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा



काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार आफ्नो मन्त्री पदबाट राजीनामा दिएका हुन् । जेनजीहरुको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् ।

‘हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु’ मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्