Logo

खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा गिरावट, १० महिनामा जम्मा ३ लाख संकलन

खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा गिरावट, १० महिनामा जम्मा ३ लाख संकलन



काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ ।

laxmi

चालु आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्म ३ लाख ३६ हजार १० मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार सो अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन् ।

पौडेलका अनुसार आव २०७९र८० मा रु सात लाख ८७ हजार छ सय २६ राजस्व सङ्कलन भएको थियो भने दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए । आव २०७८र७९ मा दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरेकामा रु नौ लाख २० हजार आठ सय २९ राजस्व सङ्कलन भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

राजस्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो । पछिल्लो समय केही पर्यटकले टिकट बिनै खप्तडको भ्रमण गरिदिँदा राजस्व सङ्कलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेलको भनाइ छ । विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रवृत्ति बढ्दै जाँदा राजस्व सङ्कलनमा कमी आउनुका साथै भ्रमणका क्रममा बिरामी परे उद्दारमा कठिनाइसमेत हुने गरेको उनले बताए ।

हजारौँ रकम खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्दा पर्यटक व्यवस्थापन तथा आपत्कालीन उद्दारमा समेत समस्या हुने गरेको पौडेलले बताए ।

उनका अनुसार निकुञ्जमा प्रवेश शुल्क प्रतिव्यक्ति स्वदेशीका लागि रु एक सय, सार्क मुलुकका नागरिकलाई रु पाँच सय र अन्य विदेशीका लागि रु एक हजार पाँच सय तोकिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL