Logo

नेपालगंजबाट एकैदिन ६ चार्टर्ड उडान, २ सय भारतीयले गरे कैलाश मानसरोवरको दर्शन

नेपालगंजबाट एकैदिन ६ चार्टर्ड उडान, २ सय भारतीयले गरे कैलाश मानसरोवरको दर्शन



काठमाडौं । नेपालगंज विमानस्थलबाट महाशिवरात्रिको अवसरमा कैलाश मानसरोवर दर्शनका लागि ६ वटा चार्टर्ड उडान भएका छन् । चार्टर्ड फ्लाइट मार्फत करिब २ सय जना भारतीय पर्यटकहरूले एकैदिन कैलाश मानसरोवरको दर्शन गरेका हुन् ।

laxmi

श्री एअरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटकहरूले चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको दर्शन गरेका हुन् । शिवरात्रिको दिन कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नाले पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो । भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइट मार्फत कैलाश(मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान संचालन गर्ने तयारी भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL