Logo

उड्डयन उद्योगले यो वर्ष ३० खर्ब बढी नाफा आर्जन गर्ने, एयरलाइन्सको नाफा भने प्रतियात्रु एक कप कफी बराबर

उड्डयन उद्योगले यो वर्ष ३० खर्ब बढी नाफा आर्जन गर्ने, एयरलाइन्सको नाफा भने प्रतियात्रु एक कप कफी बराबर



कोविडको कारणले उत्पन्न उथलपुथलको सामना गरेपछि वायुसेवा उद्योग २०२३ मा कोविडको आँधीबाट बाहिर आएको छ । तीन वर्षसम्म ठूलो घाटा भोग्दै आएका उद्योगले यस वर्ष अन्ततः नाफा कमाउन सफल भएको छ ।

laxmi

काठमाडौं । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) ले उड्डयन उद्योगले २०२३ मा कुल २३ अर्ब ३० करोड अमेरिकी डलर (३० खर्ब ७५ अर्ब रुपैयाँ) नाफा आर्जन गर्न सक्ने जनाएको छ । गत वर्ष उद्योगले ३.८ बिलियन डलर घाटा बेहोरेको थियो, जुन सोचेभन्दा धेरै थियो । डिसेम्बर २०२२ मा, संघले २०२३ बाट धेरै आशा राखेको थिएन । आयटाले २०२३ मा उद्योगको कुल नाफा नाममात्र हुने अनुमान गर्दै ४.७ बिलियन डलर नाफा हुने अनुमान गरेको थियो ।

न्यून लाभ

आयटाका महानिर्देशक विली वाल्शले कठिनाइहरू पार गर्न उद्योगको बलको प्रशंसा गर्दै महामारीका कारण उद्योगले झन्डै चार वर्षको वृद्धि गुमाएको र २०२३ को नाफा पनि एकदमै न्यून रहेको बताए । वाल्शले भने, ‘यस नाफालाई परिप्रेक्ष्यमा हेर्नुपर्छ । रिकभरी निकै प्रभावशाली भएको छ तर २.७ प्रतिशतको खुद नाफा कुनै पनि उद्योगमा लगानीकर्ताको अपेक्षाभन्दा निकै कम छ । यस तथ्यबाट पाठ सिक्नुपर्छ कि औसतमा एयरलाइन्स जसले प्रति यात्रु ५.४५ डलरमात्र नाफा बचत गर्छ ।’ उनले थपे, ‘यो नाफा लन्डनको स्टारबक्समा कफीको मूल्य बराबर छ । यो उद्योगको लागि भविष्य निर्माण गर्न पर्याप्त छैन र यो नाफाले ठूला झटकाहरू सहन सक्दैन ।’

सन २०१९ मा उड्डयन उद्योगले २६.४ बिलियन डलर नाफा गरेको थियो । तर मार्च २०१९ मा लगभग सबै देशले आफ्नो सिमाना बन्द गरेपछि विमान उद्योग रसातलमा पुगेको थियो । सन २०२० सबैभन्दा खराब थियो जब उड्डयन उद्योगले १३७.७ बिलियन डलर घाटा बेहोरेको थियो । सन् २०२१ मा सीमानाहरू खुल्न थालेपछि त्यो वर्ष घाटा ४१ अर्ब डलरमा झरेको थियो । उड्डयन उद्योगले २०२२ मा पुनरागमन गर्ने अपेक्षा गरिएको थियो किनकि अधिकांश देशहरूले यात्रामा प्रतिबन्धहरू हटाइसकेका थिए। तर अनुमानविपरीत उड्डयन उद्योगले ३.८ बिलियन डलर नोक्सान बेहोरेको थियो ।

भविष्यको लागि आशा

आगामी वर्ष उड्डयन उद्योगको ऐतिहासिक राजस्व ९६४ अर्ब डलर हुने अपेक्षा गरिएको छ जसमा करिब २४ अर्ब डलर नाफा हुनेछ । तर यी प्रारम्भिक अनुमानहरू हुन् । सन् २०२४ मा चार करोडभन्दा बढी हवाई उडान हुने उड्डयन उद्योग विज्ञहरू बताउँछन् । जुन २०१९ अर्थात् कोभिड–१९ अघिको स्तरभन्दा बढी हो । सन् २०१९ मा १२ लाख विमानले उडान भरेका थिए ।

विश्वभर ३० लाखभन्दा बढी मानिस उड्डयन उद्योगमा काम गर्छन् । यात्रुहरूले २०२४ मा ७१७ बिलियन डलरको राजस्व उत्पन्न गर्ने अपेक्षा गरिएको छ, जुन २०१९ भन्दा १८ प्रतिशत बढी हुनेछ । यसको मुख्य कारण यात्रुको संख्यामा लगातार वृद्धि हुनसक्छ । यसका साथै ठूलो संख्यामा यात्रुले एकभन्दा बढी गन्तब्यमा यात्रा पनि गरिरहेका छन् । तर, उड्डयन उद्योगका लागि बाटो अझै सहज नभएको आएटाका महानिर्देशक वाल्स बताउँछन् । उनी भन्छन्, ‘यात्रुहरूका लागि वायुसेवा कम्पनीहरूबीच सधैं कडा प्रतिस्पर्धा हुनेछ । तर, कडा नियम, आपूर्ति श्रृंखला समस्या र बढ्दो लागतको बोझ वायुसेवा कम्पनीहरूबीच रहने छ ।’ अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL