Logo

पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु वस्नेत चयन, पर्यटन प्रवद्र्धनमा सहयोग

पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु वस्नेत चयन, पर्यटन प्रवद्र्धनमा सहयोग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिमा देशबन्धु वस्नेत (अजित) चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उनलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् ।

नेपालको पर्यटन क्षेत्रमा १ दशकदेखि सक्रिय वस्नेत महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन् । यसअघि महासंघको एनआरएन तथा द्धिराष्ट्रिय फोरमका सभापति हुँदा विभिन्न देशका द्विराष्ट्रिय संघ र गैर आवासीय नेपाली संघसंस्थालाई चलायमान बनाएर नेपालमा विदेशी लगानी भित्र्याउन अहम भुमिका निर्वाह गरेका वस्नेतको नियुक्तीसँगै पर्यटन क्षेत्रमा समेत ठूलो योगदान दिने विश्वास लिइएको छ । साथै उनको कार्यकालमा आगामी दिनमा थप अन्य मुलुकसँग सिधा हवाई उडान गरी विदेशी पर्यटक भित्र्याउनका समेत सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन् ।

प्रमाणपत्र वितरण कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको अवस्थामा पर्यटन समितिको सभापतिमा वस्नेतको चयनसँगै नेपाललाई अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गरी विदेशी पर्यटक भित्र्याएर डलर आर्जन गर्न थप सहयोग पुग्ने बताए । साथै महासंघको छवी र प्रतिस्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग पुग्ने समेत ढकालको विश्वास रहेको छ ।

नेपालमा स्टार स्तरका होटल तथा रिसोर्ट संचालनमा ल्याउन लागेका वस्नेतले पर्यटन प्रवद्र्धनका लागि होटलका विभिन्नि विश्वप्रशिद्ध ब्राण्ड भित्र्याएका छन् । वस्नेतले काठमाडौं र इटहरीमा एकै पटक संचालनमा ल्याउने गरी २ ओटा पाँच तारे होटलको निर्माणकार्य अन्तिम चरणमा पुर्याएका छन् ।

यस्तै उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट संचालनमा ल्याउन लागेका छन् ।

पेशाले इन्जिनियर रहेका वस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत हुन । साथै उनी सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका वस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL
NTC