Logo

Global_Ime

यती एअरलाइन्सको २४ वर्ष पूरा, १० लाखबढी यात्रुलाई सेवा

यती एअरलाइन्सको २४ वर्ष पूरा, १० लाखबढी यात्रुलाई सेवा



काठमाडौँ । वायुसेवा कम्पनी यती एअरलाइन्सको हवाई यात्रा २४ वर्ष पूरा भएको छ । तत्कालीन हवाई विभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त भएको भएपनि २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान गरेको यती एअरलाइन्सले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वार्षिक उत्सवको रूपमा मनाउने गरेको हो ।

laxmi bank orange saving
NABIL

नेपालमा हवाई सेवाको विकासमा महत्त्वपूर्ण योगदान रहेको यस एअरलाइन्सको शुरूवात २ वटा ट्विनअटर वायुयान बाट भएको थियो । २४ वर्षे यात्राको दौरानमा यो एअरलाइन्ससँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडान गरेको अनुभव छ । यो यात्रामा डिएचसी–६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई–१२, इएमबी–११०, ईएमबी–१२०,साब–३४० बि, जेटस्ट्रीम जे–४१, डिएचसी–६ ४०० ट्विनअटर तथा एटिआर–७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ ।

हाल ७३० जना कर्मचारी कार्यरत रहेको एअरले नेपालमा हवाई सेवाको लागि धेरै जनशक्ति उत्पादन गरिसकेको छ । एअरका प्राविधिक, चालक दल तथा अन्य कर्मचारीहरू हाल नेपालमा सञ्चालित सम्पूर्ण एयरलाइन्समा कार्यरत रहेको यती एअरका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार यतीको २४ वर्षे यात्रा लगनशील तथा इमानदार कर्मचारी तथा लगानीकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो । ‘हाम्रा संस्थापक प्रबन्ध निर्देशक स्व. आङ्ग छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको छ,’ उनले भने ।

१ वर्षको अवधिमा ५ वटा विमान मार्फत यस एअरलाइन्सले १५,९२५ उडान मार्फत १० लाख ५ हजार ६७७ यात्रुहरूलाई सेवा दिएको छ भने २७,६६३ विदेशी पर्यटकलाई सेवा दिएको छ साथै १ लाख ५४ हजार २ सय सतासी कार्गो तथा कुरिएर बोकेको छ । यो अवधिमा यतीको विमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको एअरलाइन्सले जानकारी दिएको छ । हालै एउटा विमान थपेको यतीसँग ६ वटा एटिआर विमान रहेको छ भने यसै वर्ष एउटा विमान ल्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc