Logo

पर्यटन वोर्डका प्रबन्धक दासलाई निलम्बन गर्न अख्तियारको निर्देशन, दुरुपयोग भएकोमध्ये साढे ९७ लाख उठ्यो

पर्यटन वोर्डका प्रबन्धक दासलाई निलम्बन गर्न अख्तियारको निर्देशन, दुरुपयोग भएकोमध्ये साढे ९७ लाख उठ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन वोर्डका कर्पोरेट सेवा प्रबन्धक अनिल दाशलाई पदबाट निलम्बन गर्न निर्देशन दिएको छ । अख्तियारले संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयलाई दाशलाई निलम्बन गर्न लिखित निर्देशन दिएको हो ।

बोर्डका तत्कालिन कामु कार्यकारी प्रमुख सुभाष निरौलाले करौडौं रुपैयाँ अनियमितता र भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको छ । दास पदमै वसिरहँदा प्रमाण नस्ट गर्न सक्ने भन्दै निलम्बन गर्न निर्देशन दिएको हो ।

यसैगरी अख्तियारले विभिन्न कार्यक्रममा कर्मचारीबाट भएको पेश्की खर्च फछर्योट गर्न दिएको निर्देशनपछि बोर्डले केही रकम फछर्योट भएको जानकारी गराएको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

वोर्डका ३७  जना स्थायी कर्मचारीबाट ९९ लाख २७ हजार र करारमा रहेका १२ जना कर्मचारीबाट कार्यक्रम पेश्की वापत १७ लाख २६ हजार गरी (कुल एक करोड १६ लाख रुपैयाँ) लिएको थियो । तर, सो रकमको फछर्यौट गरिएको थिएन ।

अख्तियारले प्रकाशित गरेको विज्ञप्ति अनुसार निर्देशनपछि ९७ लाख ५२ हजार रुपैयाँ असुल गरिएकोे छ । वोर्डले ८८ लाख नौं हजार खर्च र ९ लाख ४२ हजार ब्याज रकमसहित असुल भएको जानकारी अख्तियारलाई दिएको छ । सो रकम वोर्डको बैंक खातामा दाखिला भइसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL