Logo

पर्यटन मन्त्री आलेको राजीनामा घोषणा, भन्छन्, मेरो कार्यकालमा धेरै राम्रा काम भए

पर्यटन मन्त्री आलेको राजीनामा घोषणा, भन्छन्, मेरो कार्यकालमा धेरै राम्रा काम भए



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो स्वमूल्यांकनसँगै राजीनामाको घोषणा गरेका छन् । आईतबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री आलेले आफ्नो कार्यकालमा धेरै राम्रा काम भएको बताएका हुन् ।

laxmi

उनले पशुपति क्षेत्रको विकास, सुन्दरता, विदेशमा चोरी भएर गएका मुर्तिहरुको फिर्ता, उड्डयन क्षेत्रलाई व्यवस्थितलगायतका कामहरु आफ्नो कार्यकालमा महत्वपुर्ण भएको बताए । उनले आज बिहानै नेपाल कम्युनीष्ट पार्टी एकिकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाईसकेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी दिनमा सांसदकै रुपमा भएपनि देशमा उठेका नराम्रा कुराहरुको प्रतिरोध गर्ने र राम्रा कुराहरुको प्रोत्साहन गर्ने बताए । उनले आगामी दिनमा पुनः चाहेको अवस्थामा मन्त्री बन्ने बताउँदै विदाई भएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL