Logo

काठमाडौं महानगरपालिकासँग होटल संघको माग–‘व्यवसाय करमा शतप्रतिशत छुट चाहियो’

काठमाडौं महानगरपालिकासँग होटल संघको माग–‘व्यवसाय करमा शतप्रतिशत छुट चाहियो’



काठमाडौं । सम्पत्ति करमा ९० प्रतिशत छुट गरिदिन काठमाडौं महानगरलाई होटल संघ नेपालले आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाले लगाउँदै आएको एकीकृत सम्पत्ति करमा ९० प्रतिशत छुट तथा व्यवसाय करमा शतप्रतिशत छुट उपलब्ध गराई पर्यटन तथा होटल उद्योगको जगेर्ना गर्न आग्रह होटल संघ नेपालले आग्रह गरेको हो ।

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल संघ नेपालका महासचिव साजन शाक्यले कोभिडपछिको पर्यटनलाई बढावा दिन विगतमा जस्तै काठमाडौं महानगरपालिकाले लगाउँदै आएको एकीकृत सम्पत्ति कर छुट उपलब्ध गराउँन आग्रह गरेका हुन् ।

होटलसंघ नेपालले महानगरलाई बुझाएको ज्ञापन पत्रमा यस्तो भनिएको छ । ‘कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने विज्ञहरुको प्रक्षेपण रहेको छ ।’

राज्यको आर्थिक गतिविधि चलायमान बनाउने, बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पु¥याउने होटल उद्योगलाई बचाई राख्न राज्यको पनि दायित्व रहेको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

उक्त ज्ञापन पत्रमा घर जग्गा कर ऐन २०१९ को दफा १२ वमोजिम होटलको ग्राहक बस्ने, खाने खास घर जग्गा, सवारी साधानको पार्किड. स्थान र बागबगैचामा घरजग्गा कर नलाग्ने व्यवस्था रहेका उल्लेख गरेको छ । तर, एकीकृत सम्पत्ति कर २०७४ मा होटलहरुले ओगटेको सवै संरचनामा सम्पत्ति कर लगाई करिब १५ सय प्रतिशत भन्दा बढी करको भार थाम्न नसक्ने गरी बढाइएकोमा संघले विरोध गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ६५ प्रतिशत, आ.व. २०७६/०७७ मा ७५ प्रतिशत, २०७७/०७८ मा ७५ प्रतिशत र २०७८/०८९ का लागि ८० प्रतिशत छुट उपलब्ध गराएको र उक्त छुटमध्ये समयसीमा भित्र कर बुझाएमा अर्को १० प्रतिशत अतिरिक्त छुट उपलब्ध गराएको जानकारी समेत संघले ज्ञापन पत्र मार्फत जानकारी गराएको छ ।

२०७५/०७६ मा उपलब्ध ६५ प्रतिशत छुट रकम काठमाडौं महानगरपालिका र होटल संघ नेपालको सहकार्यमा आयोजना हुने गरी पर्यटन प्रवद्र्धनका लागि संयुक्त कोष स्थापना भएको संघले जनाएको छ । उक्त संयुक्त कोषबाट काठमाडौं महानगरपालिकालाई पर्यटनको केन्द्र बनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मुलुकको साख उच्च राख्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु तय गरिएको छ ।

काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि पनि कार्यक्रमहरु अगाडि बढाइरहेको जानकारी गराउँदै यस महान् कार्यका लागि होटल संघ नेपाल काठमाडौंं महानगरपालिकासँग सहकार्य गरी अघि बढ्ने संघले जनाएको छ ।

साथै, फोहोरमैला व्यवस्थापनको मूख्य समस्या भनेकै प्लास्टिकजन्य वस्तुहरु भएको हुँदा यसलाई न्यूनीकरण गर्ने उद्देश्यले होटल संघ नेपालले होटलहरुको कोठामा प्लास्टिकजन्य वस्तुहरु प्रयोग नगर्न र यसको विकल्पसहितको कार्यक्रम (no to single-use plastic) हालै शंकर होटलमा आयोजना गरेको थियो । यसलाई देशव्यापी सातै प्रदेशमा अभियान चलाइरहेको संघले जनाएको छ ।

विगतका वर्षहरुमा र्झैं यस वर्ष पनि होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा यस वर्ष ९० प्रतिशत छुटका साथै नेपाल सरकारले आ.व. २०७९/०८० को बजेटमा व्यवसाथ कर छुटको व्यवस्था भए अनुसार काठमाडौं महानगरपालिकाबाट लगाइने व्यवसाय करमा शतप्रतिशत छुट उपलब्ध गराई यस उद्योगको जर्गेना गरिदिन संघले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL