Logo

हवाई इन्धनको मूल्य वृद्धिसँगै बढ्यो आन्तरिक हवाईभाडा, प्रतिरूट ४ डलरसम्म वृद्वि, कहाँको भाडा कतिले बढ्यो ?

हवाई इन्धनको मूल्य वृद्धिसँगै बढ्यो आन्तरिक हवाईभाडा, प्रतिरूट ४ डलरसम्म वृद्वि, कहाँको भाडा कतिले बढ्यो ?



काठमाडौं । पछिल्लो समय हवाई इन्धनको मूल्य बढेसँगै हवाइभाडासमेत बढेको छ । नेपाल वायुसेवा संचालक संघले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको भन्दै हवाई भाडामा जोडिने इन्धन चार्ज पनि बढाएका हुन् ।

नेपाल आयल निगमले मंगलबार साँझदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । जसमा हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको थियो । यसपश्चात वायुसेवा कम्पनीहरुले हवाईभाडामा जोडिने इन्धन शुल्क साविकको तुलनामा बढाएका छन् ।
जसमा काठमाडौंदेखि माउन्टेन फ्लाईटमा इन्धन चार्ज ४ डलरले थपिँदा कुल इन्धन चार्जमात्रै ४० डलर अर्थात ३ हजार ९ सय ८० रुपैयाँ पुगेको छ ।

यस्तै हाल पछिल्लो समय बढेको इन्धनका कारण हरेक उडानको भाडामा थप १ देखि ४ डलरसम्म थपिएको बुद्ध एयरका प्रवक्ता रुपेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार इन्धन चार्ज उडानको दुरीका आधारमा कम र बढि हुन्छ । अर्थात उडान लामो भए इन्धन चार्ज पनि ईन्धन खपत हुने हिसावले बढि लाग्छ भने छोटो दुरी भए कम इन्धन चार्ज लाग्छ ।

कहाँको भाडा कतिले बढ्यो ?

प्रतिक्रिया दिनुहोस्
MBL