Logo

तीन महिनापछि सञ्चालनमा आयो धुलिखेल जिपलाइन, मनसुन अफरमा २० प्रतिशत छुट

तीन महिनापछि सञ्चालनमा आयो धुलिखेल जिपलाइन, मनसुन अफरमा २० प्रतिशत छुट



काठमाडौं । कोरोना महामारीको दोस्रो प्रकोपसँगै बन्द हुनपुगेको धुलिखेल जिपलाइन तीन महिना पछि पुनः सञ्चालनमा आएको छ । आज साउन ८ गते, शुक्रबारदेखि औपचारिक रुपमै जिपलाइन सेवा सुरु गरिएको वर्डवाइड एड्भेन्जर प्रालिले जनाएको हो ।

मनसुन लागेसँगै पुनः सञ्चालनमा आएको जिपलाइन सेवामा कम्पनीले सेवा ग्राहीहरुलाई थप सुविधा दिने उद्देश्यले मनसुन अफर अन्तर्गत जिपलाइन शुल्कमा अधिकतम २० प्रतिशत छुटको घोषणा समेत गरेको कम्पनीले जनाएको छ ।


हाल धुलिखेलमा तीन प्रकारको जिपलाइन सेवा सञ्चालनमा रहेकोमा क्लासिक जिपलाइनको २ हजार ५ सयमा छुट गरि २ हजार, सुपरम्यान जिपलाइनको ३ हजार पाँच सयमा छुट गरि २ हजार ८ सय र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५ सयमा छुट गरि ३ हजार ४ सय कायम गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, जिपलाइन सँगै फोटो भिडियो प्याकेजमा समेत आकर्षक छुट दिइएको कम्पनीले जनाएको छ ।

क्लासिक र सुपरम्यान जिपलाइनमा फोटो र भिडियोको लागि ७ सय रुपैयाँ लाग्ने भएपनि हाल ५ सय रुपैयाँ कायम गरेको र टेन्डम (जोडि) जिपलाइनमा फोटो र भिडियोको लागि एक हजार रुपैयाँ लाग्नेमा हाल ५ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

यसका साथै धुलिखेल जिपलाइनले संचालनमा ल्याएको एडभेन्चर पार्कमा पनि निःशुल्क प्रवेश पाइने कम्पनीका संस्थापक एवं सिइओ भुपेस श्रेष्ठले बताए । जिपलाइन कोभिड १९ को पूर्ण सुरक्षाका सावधानी अपनाउँदै सन्चालन गरिएको बताइएको छ ।

२०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको धुलिखेल जिपलाइन धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ हुन्छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ ।

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL