Logo

एनसेलले तिर्यो लाभकरवापतको ४ अर्ब ६० करोड, बाँकी लकडाउन लगत्तै तिर्ने

एनसेलले तिर्यो लाभकरवापतको ४ अर्ब ६० करोड, बाँकी लकडाउन लगत्तै तिर्ने



काठमाडौं । निजी दूरसंचार सेवाप्रदायक एनसेलले नेपाल सरकारलाई तिनुपर्ने पूँजीगत लाभकरवापतको ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ । कम्पनीले मंगलबार ठूला करदाता कार्यालयमा सेयर स्वामित्ववापतको उक्त रकम तिरेको ठुला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए । ‘हामीले भर्खरै मात्रै उक्त रकमका चेक पायौं,’ उनले भने, ‘मैले भर्खर उक्त चेक बैंकमा जम्मा गरेर आउँदैछु ।’

laxmi

ठूला करदाता कार्यालयले यसअघि एनसेललाई सेयरस्वामित्व विक्रीवापतको कुल पूँजीगत लाभकर २२ अर्ब ४५ करोड रुपैयाँ तोकेको थियो । सोही अनुसार कम्पनीले गत पुष १६ गते ४ अर्ब ५० कराड रुपैयाँ तिरेको थियो । त्यसपश्चात कम्पनीले तिर्नुपर्ने व्याजसहितको बाँकी रकम १९ अर्ब मध्ये ४ अर्ब ६० करोड आज तिरेको हो ।

आज उक्त रकम तिरिसकेपनि अझै एनसेलले पुष १६ यताको व्याजसहित १४ अर्ब ४० करोड रुपैयाँ तिर्न बाँकी छ । एनसेलले तिर्न बाँकी रकम पनि सरकारले लकडाउन सकिएपछि १५ दिनको समय दिएर सम्पूर्ण रकम असुल गर्ने कार्यलय प्रमुख अधिकारील बिजखबरलाई जानकारी दिए ।

अधिकारीका अनुसार हालसम्म एनसेलले ९ अर्ब १० करोड तिरेको र बाँकी रकम पनि चाँडै असुल गरिनेछ । कप्पनीले सरकारलाई तिर्न बाँकी रहेको रकमको हालसम्म व्याज मात्रै ८३ करा्ड रुपैयाँ पुगेको छ । कम्पनीले १५ प्रतिशतका दरले बाँकी रकमको व्याज तिर्नुपर्ने गत पुषमा बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL