Logo

नेपाल टेलिकममा जिम्मेवारी हेरफेर, प्रवक्तामा कर्माचार्य र सहप्रवक्तामा बैद्य

नेपाल टेलिकममा जिम्मेवारी हेरफेर, प्रवक्तामा कर्माचार्य र सहप्रवक्तामा बैद्य


बिजखबर संवाददाता
27
Shares

बिजखबर संवाददाता,
काठमाडौं । नेपाल टेलिकमले कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । कम्पनीले आन्तरिक व्यवस्थापन भन्दै कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो ।

जसअन्तर्गत टेलिकमले व्यापार व्यवस्थापनका नयाब प्रबन्ध निर्देशक मधुसूदन कर्माचार्यलाई कम्पनीको प्रवक्तामा नियुक्ती गरेको छ । कम्पनीले बिहीवारदेखि लागु हुने गरी कर्माचार्यलाई प्रवक्तामा नियुक्त गरेको हो । त्यस्तै, कम्पनीले सहप्रवक्ताको जिम्मेवारी सोही विभागकी उप–प्रबन्धक प्रतिभा बैद्यलाई दिएको छ ।

यसअघि व्यापार व्यवस्थापन विभागका प्रबन्धक तथा प्रवक्ता गुणकेशरी प्रधानलाई मर्मत सम्भार विभागमा र उप–प्रबन्धक तथा सह–प्रवक्ता राजेश जोशीलाई सूचना प्रविधि निर्देशनालयमा सरुवा भए गरिएको कम्पनीले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL