Logo

प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायो अफर, फागुन १२ गतेसम्म उपलब्ध हुने

प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायो अफर, फागुन १२ गतेसम्म उपलब्ध हुने



काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि अफर ल्याएको छ । आजदेखि सुरु भएको अफर यही फागुनको १२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

laxmi

टेलिकमले साबिक बमोजिमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा दिन लागेको हो । यस्तै, ३० दिन सम्म सो रिर्सोस चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने जनाइएको छ । यस्तै, एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको वार्षिक ‘वान टाइम’ प्याकेज र कम्बो वार्षिक ‘वान टाइम’ प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यसअन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज समेत उपलब्ध गराउने कम्पनीको भनाई छ । साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट 141511# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL