Logo

नेपाल टेलिकमको नाफा घट्यो, पहिलो त्रैमाससम्म आम्दानी २ अर्ब २ करोड

नेपाल टेलिकमको नाफा घट्यो, पहिलो त्रैमाससम्म आम्दानी २ अर्ब २ करोड



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

laxmi

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९० प्रतिशत कम हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५.४३ प्रतिशत, वित्तीय आम्दानी ७.७८ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ३।५४ प्रतिशत घटेको छ।

समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४० पैसा घटेर ४५ रुपैयाँ ५ पैसामा सीमित छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३४ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ३.०४ प्रतिशत बढेर ७८ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL