Logo

एनसेल भोल्टे सेवा अब आईफोनमा पनि, फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने

एनसेल भोल्टे सेवा अब आईफोनमा पनि, फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने



काठमाडौं । आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने छन् ।

laxmi

एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरेपश्चात् एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिनेछ ।

ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्ने छन् । एनसेल भोल्टे सेवा लिने आईफोन प्रयोगकर्ताले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउने छन् ।

आईफोन आठ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरूले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुनेछन् । यसरी योग्य भएका ग्राहकले एष्ट्रिक्स १७ हजार २०१ ह्यास् डायल गरी भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL