Logo

नेपाल टेलिकमको दसैँ अफर आजदेखि शुरु, के–के छन् अफर ?

नेपाल टेलिकमको दसैँ अफर आजदेखि शुरु, के–के छन् अफर ?



काठमाडौं । नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ । यी अफरहरू दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

डाटा प्याक अन्तर्गत रु २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसै गरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ जीबीको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने छ । रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

यसै गरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भ्वाइस ओभर एलटीई सेवा पनि उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL