Logo

एनसेल एपक्याम्पका प्रतिस्पर्धीलाई विषयगत ज्ञान, एप मार्फत कृषिलाई व्यवसायीकरण बनाउन जोड

एनसेल एपक्याम्पका प्रतिस्पर्धीलाई विषयगत ज्ञान, एप मार्फत कृषिलाई व्यवसायीकरण बनाउन जोड


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता

एनसेलले एपक्याम्प २०१४ मा विभिन्न छिुट्टाछुट्टै विषयमा छलफल गराइएको छ । एनसेलले शुक्रबारको  सेमिनारमा कृषि, पर्यटन र शिक्षातर्फ प्रतिस्पर्धा गरिरहेका सहभागीहरुका लागि छुट्टाछुट्टै सेमिनारको आयोजना गरी उक्त क्षेत्रहरुमा मोवाइल एप्लिकेसनको सम्भावनाबारे विशेषज्ञहरुमाझ छलफल गराएको थियो । सेमिनारमा अन्य विकसित देशहरुमा कृषि क्षेत्रको उत्पादकत्व बढाउन र कृषकहरुलाई थप उत्साहित बनाउन मोवाइल प्रविधिहरुको भूमिका उल्लेखनीय रहँदै जानकारी दिँदै नेपालमा पनि मोवाइल एप्लिकेसन निर्माणले यस क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने विशेषज्ञहरुले बताएका छन् ।

neell ap camp
प्रोबायोटेक इन्डस्ट्रिजका प्रबन्धक तथा सेमिनारका प्रमुख वक्ता दिनेश गौतमले नेपालका अधिकांश कृषकहरुमा व्यवसायिक सोचको कमि रहेको बताउँदै कृषि क्षेत्रतर्फ एप्लिकेसन निर्माण गर्न चाहने समूहहरुलाई उक्त क्षेत्रका सम्भावनाहरु पनि प्हिचान गर्न आग्रह गरेका थिए । ‘सूचना प्रवाहका लागि मोवाइल सबै भन्दा द्रूत माध्यम भएकाले हामीले मोवाइल एप्लिकेसनको प्रयोगबाट कृषिजन्य उत्पादन र प्रबद्र्धनमा सहयोग पुर्याउन सक्छौं,’ उनले भने ।

कार्यक्रममा प्याक्टका योजना निर्देशक योगेन्द्रकुमार कार्कीले नयाँ पुस्ताहरु कृषि क्षेत्रतर्फ संलग्न हुने क्रम बढिरहेको जानकारी दिँदै नेपालमा कृषिसम्बन्धी सूचना आदानप्रदान गर्ने त्यस्ता खालका एप्लिकेसन निर्माण गर्न जरुरी रहेको जानकारी दिए । ‘एप्लीकेशन मार्फत बस्तुको मूल्य, उपलब्धता र गुणस्तरबारे जानकारी दिएर कृषकहरुलाई कुन बजारमा आफ्नो उत्पादनको माग बढी छ भन्ने विषयमा जानकार बताउनु पर्छ,’ उनले भने ।

त्यसैगरी पब्लिक प्राइभेट पार्टनरशीपकी प्रबन्धक मोना शर्माले कृषि व्यवसायमा आवश्यक सूचना तथा जानकारी सम्प्रेषण गर्न मोवाइल एप्लिकेसनले उल्लेख्य भूमिका खेल्ने बताइन् । साथै, एप्लिकेसन निर्माण गर्दा प्रापकलाई मध्यनजर गरी एसएमएस, आवाज वा शब्दको माध्यमबाट कसरी सन्देश पढाउने भन्ने विषयमा जानकारी दिनुपर्ने बताइन । कार्यक्रममा फ्लौर हिमालयनका प्रबन्ध निर्देशक अजय बि प्रधानांगले मोवाइल एप्लिकेसनले व्यवसायमा पारदर्शिता बढाउन मद्दत गर्न सक्ने बताए । साथै, एप निर्माताहरुले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्रोतहरुबाट सूचना संकलन गरी स्थानीय कृषकसम्म पु¥याउने खालका मोबाइल एप्लिकेसन निर्माण गर्नु पर्ने कार्यक्रमका अर्का वक्ता सेन्टर फर मलिक्युलर डायनामिक्स नेपालका निर्देशक समीरमणि दिक्षीतले बताए ।

अन्य चारवटा विषयगत क्षेत्रहरुमध्ये कर्पोरेट क्षेत्रका सहभागीहरुका लागि नोभेम्बर १२ तारिखमा छुट्टै सेमिनारको आयोजना गरिने एनसेलले जानकारी दिएको छ । चारवटै विषयगत क्षेत्रतर्फका सेमिनारहरु सकिएपछि सहभागीहरुलाई तालिम मार्फत प्रयोगकर्ताको अनुभव र युजर इन्टरफेस, व्यवयाय विकास, अवधारणा प्रस्तुतिकरण लगायत विषयमा जानकारी दिइनेछ । जसअन्तर्गत सहभागीहरुले आइओएस, एण्ड्रोइड र विन्डोजका लागि एप्लिकेसन डिजाइन तथा निर्माणबारे ज्ञान साहिल गर्नसक्ने एनसेलको दावी छ ।
हाद छनोट भएका समूहहरुमध्ये प्रत्येक विषयगत क्षेत्रमा ६ वटा गरी उत्कष्ट अवधारणा प्रस्तुत गर्ने जम्मा २४ समूहलाई अन्तिम प्रतिस्पर्धाका लागि अवसर दिइनेछ । यस प्रतिस्पर्धाका विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले २ लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २०१५ माहुने अन्तराष्ट्रिय एप्लिकेसन सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने मौका पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL