Logo

एनसेलको नेटवर्क अपग्रेडेसन अन्तिम चरणमा, दु्रत गतिको इन्टरनेट आउदै

एनसेलको नेटवर्क अपग्रेडेसन अन्तिम चरणमा, दु्रत गतिको इन्टरनेट आउदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेललेका ग्राहकले दु्रत गतिको इन्टरनेट सेवा लिन पाउने भएका छन् । एनसेलले काठमाडौं उपत्यकामा आफ्नो नेटवर्क अपग्रेडेसनको काम सकाएपछि यो सम्भव हुन लागेको हो । जसले गर्दा अब ग्राहकले उपत्यकामा २१ एमबी प्रति सेकेन्डसम्मको गतिमा इन्टरनेट चलाउन सक्ने एनसेलले जानकारी दिएको छ ।

कम्पनीले भ्वाईस र डेटा सेवाको क्षमता दोब्बर बनाउने लक्ष्य लिएर केही महिना अगाडी देखि एनसेलले नेटवर्क आधुनिकिकरणको काम गरिहेको थियो । यसबाट सेवाको गुणस्तर अझ बढ्नुका साथै ग्राहक अनुभव अझ सुदृढ हुने कम्पनीको विश्वास छ ।

‘एनसेलको अपग्रेडेड नेटवर्कले काठमाडौ उपत्यकामा रहेका ग्राहकलाई अझ सहज तथा दु्रतगतिमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन सघाउछ’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एरिम टाईलानलारले भने ।

साथै २१ एमबी प्रति सेकेन्डको डेटागतिमा ग्राहकले इन्टरनेट चलाउन, सजिलै अनलाइन भिडियो हेर्न तथा टाढा रहेका साथीभाई तथा आफन्तहरुसँग सम्पर्कमा रहन अझ मन पराउनेछन् भन्ने कुरामा आफु विश्वस्त रहेको उनले जानकारी दिए ।

यो नेटवर्क आधुनिकिकरण मोबाईल डेटा सेवाको सन्दर्भमा ठूलो उपलब्धि भएको बताइएको छ । यस अघि एनसेलले करिब पाँच वर्ष अगाडी ३.६ एमबी प्रति सेकेन्ड गतिको मोबाईल इन्टरनेट सेवाको शुरुवात गरेको थियो, जसले ग्राहकलाई नेपालमै पहिलो पटक मोबाईल इन्टरनेट मार्फत सहजै अनलाइन भिडियो हेर्न सक्ने बनाएको थियो ।

नेटवर्क क्षमता अपग्रेड गर्ने कार्य काठमाडौं बाहिर पनि विस्तार गर्ने टाईलानलारले जानकारी दिए ।
नेटवर्क अपग्रेडिङ्ग गर्ने क्रममा एनसेलले बढी क्षमता भएका तथा कम वजनका टावर जडान गरेको छ, जसले भूकम्प पश्चात देखा परेको चिन्तालाई सम्बोधन गर्छन् । साथै यी टावरले कम उर्जा खपत गरी कार्बन निष्कासन कम गर्न योगदान पु¥याउँछन् । यसका साथै नेटर्वक कभरेज बढाउन थप टावर पनि जडान गरिएको छ ।

यसरी अपग्रेड गरिएको नेटवर्कले भुर्इंचालो पश्चात झिकिएका धेरै टावरको क्षेत्रसमेत कभर गरेको बताइएको छ ।
एनसेलले टावर राख्न बाँकी केहि ठाउँमा एनसेलले सेवा सुचारु राख्न “सेल अन ह्वील” र “सेल अन लेग” जस्ता प्रविधि परिचालन गरी राखेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL