Logo

थप सुविधाहरूसहित आइएमई पे एप अध्यावधिक, टपअपमा ५ प्रतिशत क्यासब्याक पाईने

थप सुविधाहरूसहित आइएमई पे एप अध्यावधिक, टपअपमा ५ प्रतिशत क्यासब्याक पाईने



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ । एपलाई प्रयोगकर्तामैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाइअध्यावधिक गरिएको हो ।
चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार बैंकिङ पहुँचभन्दा बाहिर रहेको जनसंख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु मुख्य उद्देश्य हो । देशको जुनसुकै भूगोल विशेषतः ग्रामिण क्षेत्र जहाँको ठूलो जनसंख्या बैंकिङ पहुँचभन्दा वाहिर रहन वाध्य छ त्यसलाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ । आइएमईका सेवा केन्द्रहरूमा रहँदै आएको आमसेवाग्राहीहरूको अभ्यस्त पहुँचका कारण कम्पनीको त्यो उद्देश्य सहजै पूर्ति हुने आधारहरू पहिला नै तयार भइसकेको छ । सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा १ हजार रुपैयाँ मौज्दात रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।

पैसा पठाउने सेवा निशूल्क

नगदरहित आर्थिक कारोबारलाई प्रवद्र्घन गर्नु डिजिटल पेमेन्ट उद्योगको मुख्य उद्देश्य हो । यसर्थ, यहाँ पैसा पठाउने कार्यलाई नगदरहित भनेर नै बुझ्नुपर्ने हुन्छ ।
पहिला पहिला एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने कार्य त्यति सजिलो थिएन । अहिले डिजिटल एपको बढ्दो प्रयोगसँगै एक शहर÷गाउँबाट अर्को शहर÷गाउँसम्म पैसा पठाउन सजिलो छ । पैसा पठाउने र भुक्तानी गर्ने सेवाहरू मान्छेले प्रयोग गर्दै आइरहेका फोन फोनमा उपलब्ध छन् । आम उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पे मार्फत पैसा पठाउँदा पूर्णतः निशूल्क सेवा प्राप्त गर्न सक्नेछन् । प्रापक र प्रेषकले ‘ आइएमई पे ’ मोबाइल वालेट एप डाउनलोड गरिसक्नुभएको यदि छैन भने यो सेवाका लागि दुवैले पहिला उक्त एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

बैंक ट्रान्सफर शूल्क १ रुपैयाँबाट शुरू

आइएमई पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘ आइएमई पे ’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार मात्र रू.१ बाट सेवाशूल्क शुरू हुनेछ ।
आर्थिक कारोबारको प्रयोगलाई ध्यानमा राख्दै आम उपभोक्तालाई आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट नै गर्न प्रोत्साहित गर्ने मुख्य उद्देश्यका साथ यो सेवा प्रदान गर्न लागिएको हो ।

एउटा ट्रान्जेक्सनको सेवाशूल्क पूर्णतः निशूल्क

आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निशूल्क हुनेछ । यो सेवा आफुलाई पायक पर्ने देशभरका जुनसुकै आइएमई एजेण्टमा उपलब्ध हुनेछ ।
यो सेवासँगै देशभरका कुनाकाप्चामा मानव एटीएमको सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ ।
टपअपमा पाँच प्रतिशत क्यास ब्याक

डिजिटल भुक्तानीका लागि तपाइँहरुको मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपका कारण दैनिक उपभोग्य सेवाहरूको शूल्क भुक्तानी सरल र सहज बन्दै आएको विदितै छ । यो सेवालाई थप प्रवद्र्घन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ ।

विश्वव्यापी रूपमा विद्यमान महामारीबाट सुरक्षित रहन सामाजिक दूरी कायम गर्दै आर्थिक कारोबारलाई निरन्तरता दिन डिजिटल भुक्तानी सेवाप्रदायक उद्योगका तर्फबाट आइएमई पे ले आफ्नो एपलाई समयानुकूल अध्यावधिक गर्दै आइरहेको छ । यसबाट डिजिटल वित्तीय सेवामा आमसेवाग्राहीहरू छिट्टै अभ्यस्त हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL