Logo

पुस १७ देखि टेलिकमको आईपी टिभी संचालनमा, यी ठाउँका सेवाग्राहीले पाउनेछन् सुविधा

पुस १७ देखि टेलिकमको आईपी टिभी संचालनमा, यी ठाउँका सेवाग्राहीले पाउनेछन् सुविधा



काठमाडौं । नेपाल टेलिकमले आईपी टिभी ‘एनटी टिभी’ संचालनमा ल्याउने भएको छ । टेलिकमले केवल सेवा प्रदायक कम्पनीले जस्तै आईपी टिभी संचालनमा ल्याउने लागेको हो ।

कम्पनीले यहि पुस १७ गतेदेखि फाइबर टू दि होममार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको हो । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।

कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच आवश्य पर्ने भएकाले तत्कालका लागि काठमाण्डौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुनेछ ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका सेवाग्राहीले एनटी टिभी सेवा प्राप्त गर्न टेलिकमको सेटअप बक्स खरिद गर्नु पर्नेछ । विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्नेछ । जसका लागि ग्राहकले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्नेछन् ।

प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीले आफ्नो वेवसाईट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने भएको छ । कम्पनीका भ्वाइस सेवा, डाटा सेवा र टिभी सेवा एउटै फाइबरको माध्यमबाट उपलब्ध हुने भएकोले कम्पनीका सेवाहरु ग्राहकवर्गलाई थप आकर्षक हुने टेलिकमको अपेक्षो छ ।

प्रतिक्रिया दिनुहोस्
MBL