Logo

टेलिकमले ल्यायो दशैं तिहार विशेष योजना,पोष्टपेडमा डाटा निशुल्क

टेलिकमले ल्यायो दशैं तिहार विशेष योजना,पोष्टपेडमा डाटा निशुल्क


बिजखबर संवाददाता
0
Shares

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दशै तथा तिहारको अवसरमा आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुट  ल्याएको छ ।

टेलिकमले जीएसएम तथा सिडिएमए पोष्टमेड मोबाइलमा ५० एमबी डाटा निःशुल्क डाटा उपलब्ध गराउने भएको छ । योजना असोज २८ गतेदेखि कार्तिक २८ गतेसम्म एक महिना लाग् हुने बताइएको छ ।
त्यस्तै टेलिकमले ९० रुपैयाँमा ५० रुपैयाँ बराबरको टक भेलु हुने गरी सिम तथा रिम कार्ड उपलब्ध गराउने भएको छ । यो अफर कार्तिक १ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले हाल वितरण गर्दै आएको २ सय बराबरको टक भेलुसहितको सिम तथा रिमकार्ड असोज ३० गतेसम्म एक्टिभ नगरे स्वतः ५० रुपैयाँमा झर्नेतर्फ जानकारी दिएको छ ।

कम्पनीले जीएसएम तथा सिडिएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्क्भित्र हुने कलमा १० प्रतिशत छुट उपलब्ध गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL