Logo

एनसेलले ल्यायो रमाईलो एसएमएस योजना, प्रति एसएमएस १० पैसा

एनसेलले ल्यायो रमाईलो एसएमएस योजना, प्रति एसएमएस १० पैसा


बिजखबर संवाददाता
27
Shares

मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले रमाईलो एसएमएस नामक रोचक योजना ल्याएको छ । जसमा सहभागी भएर एनसेलका प्रिपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा मात्र १० पैसाको दरमा जति पनि एसएमएस पठाउन सक्नेछन् ।

रमाईलो एसएमएस बिहीवारदेखी लागु हुने कम्पनीले जानकारी दिएको छ । जसअन्तर्गत एनसेलका प्रत्येक प्रिपेड ग्राहकले कर वाहेक रु २ सेवा शुल्कमा दैनिक यो योजनामा सहभागी भई मात्र रु १० पैसा प्रति एसएमएसको दरमा एनसेलको कुनै पनि नम्बरमा जति पनि एसएमएस पठाउन सक्नेछन् ।

एनसेलका प्रिपेड ग्राहकले आफ्नो मेसेज बक्समा गई डि आई टाइप गरी १७११९ मा एसएमएस पठाएर सो प्याकमा सहभागी हुन सक्नेछन् ।

यो योजनामा ग्राहकहरुले चाहेमा स्वतः नविकरण हुने गरी पनि सहभागी हुन सक्छन् । यसका लागी आफ्नो मेसेज बक्समा गई डी टाइप गरी १७११९ मा एसएमएस पठाउनुपर्ने छ ।
यसरी एक्टिभेट गरिएको दैनिक प्याकको अवधि मध्यरातसम्म मान्य हुने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL