Logo

स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी व्यापार व्यवसाय संचालन गर्ने वातावरण बनाउ : क्यान महासंघ

स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी व्यापार व्यवसाय संचालन गर्ने वातावरण बनाउ : क्यान महासंघ



काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्डहरु पुरा गरी व्यापार व्यवसाय संचाजनको वातावरण बनाउन माग गरेको छ । महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाईरसका कारण व्यापार व्यवसाय लामो समयदेखि ठप्प रहेकोले तत्काल खोल्ने वातावरण बनाउन माग गरेको हो ।

बन्दाबन्दीकै कारण गरिखाने बर्गलाई समेत ठुलो धक्का पुगेको महासंघको भनाई छ । यसरी अप्ठ्यारो परिस्थितीमा पनि उद्योगधन्दा संचालनमा नल्याउँदा दिगो अर्थतन्त्रमा नै खलल पुग्ने क्यान महासंघको बुझाई छ ।

यस्तै महासंघले सरकारले ताकेता गरेको कर तथा कर विवरण बुझाउने म्याद समेत थप्न माग गरेको छ । व्यापार व्यवसाय ठप्प भएको अवस्थामा कर तथा विवरण बुझाउन नसकिने भन्दै महासंघले यस्तो माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL