Logo

सुबिसुले भन्यो : टिकटक र आकामाईसँगको सम्झौता पछि अब ईन्टरनेटमा समस्या छैन

सुबिसुले भन्यो : टिकटक र आकामाईसँगको सम्झौता पछि अब ईन्टरनेटमा समस्या छैन



काठमाडौं । सुबिसु केवल नेट प्रालिले व्याण्डविथको समस्या समाधान गर्नका लागि टिकटक र आकामाईसँग सम्झौता गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै पछिल्लो केही हप्तादेखि आएको समस्या समाधानका लागि उक्त सम्झौता गरेको जनाएको छ ।

केही हप्ता पहिलेदेखि टिकटकका कारण व्याण्डविथ खपत चर्काे भएको ईन्टरनेटको स्पिडमा समस्या आएको सुबिसुले जानकारी दिएको छ । तर हाल उक्त सम्झौता भएपश्चात अब ग्राहकहरुले तिव्र गतिको ईन्टरनेट चलाउन पाईरहेको सुबिसुको भनाई छ ।

उक्त सम्झौतापश्चात टिकटकको कन्टेन्ट डेलिभरी प्रोटोकोल परिवर्तन गरी स्थानीय स्तरमै राखेपछि अब ब्याण्डविथमा आएको समस्या समाधान भएको हो । केही समय पहिले टिकटकले कन्टेन्ट डेलिभरी प्रोटोकोल नै परिवर्तन गरी अन्तरराष्ट्रिय स्तरमै ईन्टरनेट ब्याण्डविथमा समस्या आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL