Logo

एप क्याम्प सहभागिलाई क्याण्डिक्रस निर्माताको सुझाव, ‘आफूलाई आन्द लाग्ने एप बनाउनुस्’

एप क्याम्प सहभागिलाई क्याण्डिक्रस निर्माताको सुझाव, ‘आफूलाई आन्द लाग्ने एप बनाउनुस्’


रामराजा श्रेष्ठ
0
Shares

Bizkhabar - ncell candycrosबिजखबर संवाददाता
२९ कात्तिक, काठमाडौं । चर्चित मोबाइल गेम क्याण्डीक्रसका निर्माता टकी कार्ल पाल्मले आफूलाई जुन एप बनाउँदा आनन्द आउँछ त्यस्तै प्रोग्रामिङ बनाउन सुझाव दिएका छन् । शनिवार एनसेल एप क्याम्पका सहभागिलाई सम्बोधन गर्दै उनले एप्लिकेसन निर्माण गर्दा सबैभन्दा बढी सन्तोष निर्मातालाई हुनुपर्ने बताए । ‘मलाई सानैदेखि प्रोग्रामिङ् मनपर्ने भएकोले यो क्षेत्रमा आफ्नो भविष्य देखें’ उनले भने ‘हामी सबैले यो कुरालाई मनमा राखेर काम गर्नुपर्छ’ । क्याण्डी क्रसको विकास क्रमलाई उल्लखे गर्दै उनले एउटा गेम निर्माणका लागि निरन्तर नयाँ सोंच र बजारको आवश्यकता बुझ्नुपर्ने सुझाव समेत दिए ।
एप निर्माणमा नयाँपन र त्यसलाई सहज प्रयोग गर्न सक्ने बनाउनुपर्ने उनको भनाई थियो । खासगरी गेमको निश्चित आयु हुने भएकोले यसमा निरन्तर परिवर्तन र एक आपसमा जोडिराख्ने विशेषत हुनुपर्ने उनले बताए । नेपालमा एप निर्माण र क्याण्डी क्रस प्रयोगकर्ताको सङ्ख्या देखेर आफूलाई अचम्म लागेको समेत उनले खुलाए । नेपालमा एपको आन्तरिक बजार नभएपनि विश्वव्यापी रूपमा प्रयोग हुन सक्ने एप निर्माणको भने सम्भावना रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL