Logo

संसदमा विनोद चौधरीप्रति गोकुल बास्कोटाको आक्रोस, सरकारी अनुदान खाएर काम नगर्ने व्यवसायीलाई पुनः राहत किन ?

संसदमा विनोद चौधरीप्रति गोकुल बास्कोटाको आक्रोस, सरकारी अनुदान खाएर काम नगर्ने व्यवसायीलाई पुनः राहत किन ?



काठमाडौं । पूर्व संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटले अर्बपति विनोद चौधरीप्रति लक्षित गर्दै राज्यको ढुकुटीमात्र ताक्ने व्यवसायीलाई सरकारले पुनः अनुदान दिन नहुने बताएका छन् ।

बास्कोटाले सोमबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र कार्यक्रममाथी बोल्दै बजेटले उनले सो कुरा बताएका हुन् । ‘निजी क्षेत्रलाई सरकारलेसँगै लिएर हिडनुपर्छ तर निजी क्षेत्र इमान्दार हुनुपर्छ,’ उनले भने, ‘नेपालको निजी क्षेत्र सरकारसँग सुविधा मात्र खोज्ने मात्र नभई सरकारबाट प्राप्त अनुदान पनि कामै नगरी खाईदिन्छन् ।’ यस खालको निजी क्षेत्रसँग कस्तोखालको सम्झौता गरेर अघि बढ्ने यस विषयमा समेत सोच्नुपर्ने उनको भनाई थियो ।

यस अघि चौधरीको सिजि टेलिकमले सरकारसँग ग्रामिण क्षेत्रमा दूरसंचार सेवा विस्तारको लागि १ करोड १८ लाख ६५ हजार डलर अनुदान लिएर कामै नगरेको भन्दै त्यस्ता व्यवसायीलाई राज्यले सँगै लिएर अघि बढ्न नुहुने बताएका हुन् । बास्कोटाले आफु मन्त्री हुँदा पनि यस विषयमा छानविन गर्नुपर्ने बताएका थिए ।

सामाजिक सुरधारका सरकारी ढुकुटी (भकारी)ले थेग्ने खालका कार्यक्रममात्र कार्यान्वयनमा ल्याउनु पर्ने बताए । साथै लोकप्रियताका नामका भकारी नै भत्काउन नहुने उनको सुझाव थियो । बर्ग विवेद वा बर्गिय क्षमताका आधारमा प्रणालीनै विकास गरेर नयाँ कार्यक्रमहरु कार्यान्वयनाम लैजानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL