Logo

अनलाईन एप सिजी डिजिटलमार्फत घरायसी सामाग्री पाइने, पहिलो खरीदमा थप ५ प्रतिशत छुट

अनलाईन एप सिजी डिजिटलमार्फत घरायसी सामाग्री पाइने, पहिलो खरीदमा थप ५ प्रतिशत छुट



काठमाडौं । चौधरी ग्रुप अन्तरगत सिजी इलेक्ट्रोनिक्सले अनलाईन खरिदमा ५ प्रतिशत छुट दिने भएको छ ।

laxmi

इलेक्ट्रोनिक्सको अनलाईन एप सिजी डिजीटलमार्फत हरेक घरायसी सामाग्रीको पहिलो खरीदमा थप ५ प्रतिशत छुट पाउने भएको हो । उक्त एप प्लेस्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने सिजीले जानकारी दिएको छ ।

योजना सिमित अविधीको लागि मात्र लागू गरिएको कम्पनीले जानकारी दिएको छ । घरायसी सामाग्रीको खरिद पछि निशुल्क डेलिभरीसहित क्यास अन डेलिभरी वा घरमै बसेर आफ्ना बैैंक खाताबाट भूक्तानी गर्न सकिनेछ ।

हाललाई डेलिभरी स्थगित गरे पनि ग्राहकहरुले सामाग्री किनेमा उक्त सामाग्री अहिले को परिस्थिती अनुकुल भएपछीमात्रै डेलिभरी गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL