Logo

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, अन्तरराष्ट्रिय आगमन कलमा २० रुपैयाँसम्म बोनस

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, अन्तरराष्ट्रिय आगमन कलमा २० रुपैयाँसम्म बोनस



काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि सार्वजनिक गरेको छ । कम्पनीको उक्त योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको २ रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नेछन ।

laxmi

यो अफर बुधबार (फागुन २८) बाट लागु भएको छ र ३ महिनासम्म जारी रहने कम्पनीले जानकारी दिएको छ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म २ रुपैयाँको दरले बोनस पाउँछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् ।

यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्ने जानकारी दिएको छ ।

त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी उक्त योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसंग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १÷१ थान स्मार्टफोन पाउनेछन् ।

एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL