Logo

सिजी कम्युनीकेशनको लिमिटेड मोविलिटीको लाईसेन्स खारेज

सिजी कम्युनीकेशनको लिमिटेड मोविलिटीको लाईसेन्स खारेज



काठमाडौं । सिजि कम्युनिकेशन पाएको लिमिटेड मोविलिटीको लाईसेन्स खारेज गरिएको छ । कम्पनीले नियमानुसार नविकरणका दस्तुर प्राधिकरणलाई नबुझाउँदा उसको लाईसेन्स खारेज गरिएको नेपाल दूरसंचार प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख छ ।

laxmi

प्राधिकरणका अनुसार २०६६ सालमा सिजी टेलिकमले उक्त लाईसेन्स एसटीएम टेलिकम कम्पनीबाट खरिद गरेको थियो ।

कम्पनीले विभिन्न बाग्लुङ, पाल्पा, कन्चनपुर, डडेल्धुरा लगायत ७ जिल्लामा लिमिटेड मोविलिटी सेवा प्रदान गर्नका लागि लाईसेन्स लिएको थियो । उसको लाईसेन्स आईतबार मात्रै दूरसंचार ऐन २०५३ को दफा २५(५) बमोजिम खारेज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL