Logo

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरीदमा अर्बौ घोटाला, छानविन गर्न लेखा समितिको निर्देशन

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरीदमा अर्बौ घोटाला, छानविन गर्न लेखा समितिको निर्देशन



काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ खरिदमा अर्बौ रुपैयाँ अनियमितताको आशंका भएको बताएको छ ।

laxmi

समितिको सोमबार बसेको बैठकले सरकारले जिटुजीमार्फत खरीद प्रक्रिया अघि बढाएको उक्त सेक्युरिटी प्रिन्टिङ प्रेसको खरीदमा ७ देखि ९ अर्ब रुपैयाँ घोटाला भएको बताउँदै विस्तृत अध्ययन गर्ने निर्णय गरेको छ ।

समितिमा सोमबार छलफलमा उपस्थित विज्ञहरुले उक्त प्रेसको बजार मूल्य ९० देखि १ सय मिलियन यूरो पर्ने भएपनि सरकारले १ सय ७० मिलियन यूरोमा किन्ने प्रस्ताव गरेको उल्लेख गरे । सरकारले पासपोर्ट तथा अन्य सरकारी गोप्य दस्तावेजसमेत नेपालमै छाप्न मिल्ने गरि फ्रान्सबाट प्रेस ल्याउने अन्तिम तयारी गरिरहेको छ ।

विज्ञले भने २ सय मिलियनमै पासपोर्ट, नोट, चेकदेखि सम्पूर्ण डकुमेन्ट छाप्न मिल्ने फुल अप्सन प्रेस नै पाइने भएपनि सरकारले १७० मिलियन तिरेर १०० मिलियन यूरो पनि नपर्ने मेसिन ल्याउन लागेकोमा आश्चर्य व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL