Logo

भुकम्प पिडीतलाई जियोनिको सहयोगी हात, भक्तपुरमा २५ अस्थाइ घर निर्माण गरिने

भुकम्प पिडीतलाई जियोनिको सहयोगी हात, भक्तपुरमा २५ अस्थाइ घर निर्माण गरिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१६ असार,काठमाडौं । जियोनिले भुकम्प पिडीतहरुको सहयोगार्थ जियोनि सहयोगी हात कोष स्थापना गरेको छ । कोषमा प्रत्येक मोवाइलको विक्रीमा  ५० रुपैयाँ जम्मा गरिने जियोनिका अध्यक्ष विलियम लुले बताए ।

कोषमा  ५ लाख जम्मा भइसकेको उनले जानकारी दिए ।

साथै सो रकमबाट बाल मन्दिरका ५ जना बालबालिकाको शिक्षा तथा पालनपोषणमा खर्च गरिने भएको छ । बुधवार एक पत्रकार सम्मेलन आयोजना गरि बाल मन्दिरका निर्देशक भण्डारी र  अध्यक्ष लुलेले सो सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

जियोनिले सो कोषमा जम्मा भएको रकमले भक्तपुरमा २५ ओटा स्थायी घर समेत निर्माण गर्ने भएको छ । यसैक्रममा भक्तपुरका भुकम्प पिडीतका लागि मंगलवार नै केही घर निर्माण गरेको बताइएको छ । सो अवसरमा  अध्यक्ष लुले भक्तपुरका स्थानीय विकास समितिका कोषाध्यक्ष रोशन भयाद्योलाई केही अस्थाई घर हस्तान्तरण गरेका थिए ।
त्यस्तै जियोनिले प्रधानमन्त्री दैवि प्रकोप उद्धार राहत कोषमा ५० लाख जम्मा गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This