Logo

हुवावेका ३ नयाँ स्मार्टफोन बजारमा, ग्राहकले रुचाउने कम्पनीको दावी

हुवावेका ३ नयाँ स्मार्टफोन बजारमा, ग्राहकले रुचाउने कम्पनीको दावी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१४ असार,काठमाडौं ।  हुवावेका तीन नयाँ स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ ।  हुवावेको ‘अनर ४ एक्स’, ‘वाई ५ सि’ तथा मिडिया प्याड प्याट टि ट्याबलेट बजारमा ल्याएको हो ।
अनर ४ एक्समा ५.५ इन्च एचडी आइपिएस डिस्प्ले रहेको छ । यसमा ३ हजार एमएएचको ब्याट्री छ । त्यस्तै ‘वाइ ५ सि’मा ४.५ इन्च डिस्प्ले रहेको  छ ।

यसमा एक जिबी ¥याम र आठ जिबी रोम तथा  १.२ गिगाहर्ज क्वाड प्रोसेसर रहेको छ । त्यस्तै यो स्मार्टफोनमा भएको आठ मेगापिक्सेलको रेयर तथा दुई मेगापिक्सेलको फ्रन्ट क्यामेराले जिवन्त तस्विर कैद गर्न सकिन्छ ।

त्यसैगरी ७ इन्च आइपिएस डिस्प्ले रहेको हुवावे मिडिया प्याड टिमा  एक जिबी ¥याम र आठजिबी आरओएम सहितको १.२ गेगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ । टि १ मा ४.४ एण्ड्रोइड ओएस छ । उत्कृष्ट पर्फमेन्सका कारण  यी स्मार्टफोनहरु नेपाली ग्राहकले रुचाउने कम्पनीको दावी छ

प्रतिक्रिया दिनुहोस्
MBL