Logo

एनसेल रिचार्जमा चमत्कार : दोस्रो र तेस्रो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण

एनसेल रिचार्जमा चमत्कार : दोस्रो र तेस्रो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण



काठमाडौं । एनसेल प्रालिले ‘रिचार्जमा चमत्कार’ योजना अन्तरगत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई २÷२ लाख रुपैयाँ नगद पुरस्कार हस्तानतरण गरेको छ । राउत तेस्रो हप्ताको विजयी ग्राहक मध्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयी ग्राहक मध्येका एक हुन् ।

laxmi

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तरगत एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर २०७६ मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजना अन्तरगत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाउँछन् ।

राउत र थापालाई बिहीबार एक कार्यक्रम माझ एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो । दोस्रो हप्ताका पाँच जना विजयी मध्ये एक जना यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको थियो । उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत प्रक्रिया पुर्याई थापा नयाँ विजयी ग्राहकका रुपमा छानिएकी हुन ।

तेश्रो हप्तामा छानिएका पाँच विजेता ग्राहकहरु मध्ये एक यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएका छन् । त्यसैगरी तीन जना प्रमाणिकरण प्रक्रियामा रहेका छन् । अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता एक नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ ।

यस योजना अन्तरगत पहिलो र दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका ग्राहकलाई एनसेलले काठमाडौं वा काठमाडौं बाहिर ग्राहकलाई सजिलो पर्ने स्थानबाट पुरस्कार हस्तान्तरण गर्नेछ । दोस्रो हप्ताका विजयी मध्येका दुई र पहिलो हप्ताका भाग्यशाली पाँच ग्राहक मध्येका एक विजयीलाई छिट्टै नगद पुरस्कार हस्तान्तरण गरिने छ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० वा सो भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन सक्नेछन ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजना अन्तरगत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL