Logo

रिचार्जमा चमत्कार योजना अन्तरगत सिगुलाई २ लाख हस्तान्तरण, दोस्रो विजेतालाई बिर्तामोडबाट नगद हस्तान्तरण हुने

रिचार्जमा चमत्कार योजना अन्तरगत सिगुलाई २ लाख हस्तान्तरण, दोस्रो विजेतालाई बिर्तामोडबाट नगद हस्तान्तरण हुने



काठमाडौं । एनसेल प्रालिले ‘रिचार्जमा चमत्कार’ योजना अन्तरगत पहिलो हप्ताका विजयी चित्र कुमार सिगुलाई नगद २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । एनसेलले बिहीबार एक कार्यक्रमको आयोजना गरि पाँचथरका सिगुलाई २ लाख रुपैयाँ नगद पुरस्कार हस्तानतरण गरेको हो ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तरगत एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तरगत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन ।

योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरु मध्ये बिहीबार एक जनालाईमात्रै एनसेल सेन्टर कुमारीपाटीबाट २ लाख नगद पुरस्कार वितरण भएको कम्पनीले जनाएको छ । सिकर्मी समेत रहेका सिगुले नगद पुरस्कार पाएपछि उक्त रकम आफ्नो बगुंर फार्ममा थप लगानी गर्ने बताए ।

योजना अन्तरगतनै दोस्रो हप्ताका विजयी भई प्रमाणिकरण भएका अर्का ग्राहकलाई भने छिटै बिर्तामोडबाट २ लाख रुपैयाँ नगद हस्तानतरण गरिने भएको छ । मंसिर १६ मा घोषणा गरिएका दोश्रो हप्ताका ५ भाग्यशाली विजयी मध्ये तीन विजयी ग्राहकहरु प्रमाणीकरण प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० रुपैयाँ वा सो भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्नेछन । आइतबार देखि शनिबारको साप्ताहिक योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL