Logo

टेलिकमको आफन्तलाई उपहार प्याकेज सार्वजनिक, यसरी पठाउन सकिन्छ डाटा र भ्वाईस उपहार

टेलिकमको आफन्तलाई उपहार प्याकेज सार्वजनिक, यसरी पठाउन सकिन्छ डाटा र भ्वाईस उपहार



काठमाडौं । नेपाल टेलिकमले ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ योजना सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना अन्तरगत भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने जनाएको छ ।

कम्पनीले ल्याएको उक्त सेवा प्रयोग गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गरे पछि उक्त सेवा प्रयोग गर्न सकिनेछ ।

डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ । एपमा माग गरे अनुसार प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्डलगायतका विवरण राखेपछि लग इन हुन्छ । लगइन गरे पछि मोबाइलमा एक पटकका लागि कोड नम्बर आउँछ । उक्त कोड राखेपछि मात्रै कम्पनीको एप प्रयोग गर्न सकिनेछ । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनेले उक्त एप खोली गिफ्ट प्याकेज्समा गएर आफुलले चाहेको प्याक खरिद गरी पठाउन सक्ने छन ।

कम्पनीले दिएको प्याकेजहरुमा भने १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा, ३० रुपैयाँमा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० रुपैयाँमा ७ दिनको १९० एमबी र १०० रुपैयाँको ५०० एमबी तथा २४० रुपैयाँको २८ दिन चलाउन सकिने १५०० एमबी डाटा उपहार दिन सकिने छ ।

उपहार दिनको लागि क्लिक टु सब्सक्राइब गरे पछि दिन चाहेको मोबाइल नम्बर लेखी पठाउनु पर्ने छ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै यही एपको गिफ्ट प्याकेज्समा गई भ्वाइस क्लिक गरी २५ रुपैयाँको ४० मिनेट ७ दिनसम्म, १९० मिनेट कुरा गर्न १ सय रुपैयाँ, २४० रुपैयाँमा २८ दिनको लागि ४९० मिनेट, ५ सय रुपैयाँमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट उपहार समेत दिन सकिने छ । योजनामा जसले उपहार दिने हो उसैको मोबाईल पैसा खर्च हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL